इटहरी : इटहरीमा २५ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३७९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा १६४, बूढीगंगामा ९, कटहरीमा ३, रंगेली, सुन्दरहरैचा र जहदामा २–२, ग्रामथान, उर्लाबारी , धनपालथान र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यस्तै, सुनसरीको धरानमा ३२, इटहरीमा २५, रामधुनीमा ४, बराहक्षेत्र र दुहवीमा २–२, इनरुवा, गढी र स्थानीय तह नखुलेका १–१ जना छन् ।
उता, झापाको विर्तामोडमा १७, दमकमा ९, भद्रपुरमा ८, बुद्धशान्ति, शिवसताक्षी र कनकाईमा २–२, अर्जुनधारा, गौरीगञ्ज, मेचीनगर , कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यस्तै, इलामको रोङमा २, इलाम नगरपालिका र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिका, खोटाङको दिप्रुङ र उदयपुरको बेलकामा १–१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा थप २५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल सक्रिय संक्रमितको संख्या १ हजार १३७ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post