इटहरी : सुनसरीको बर्जु गाँपालिका ५ तीनमुहानबाट नियन्त्रित लागूऔषध गाँजासहित तीनजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारतको कटहरिया १० का २६ वर्षीय मिठु राय, पूर्णिया सर्शीका १८ वर्षीय पंकज महलदार र कटहरिया १९ का ५० वर्षीय जितेन्द्र राय रहेका छन् ।
केही ब्यक्तिहरूले गाँजाको ओसार–पसार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले शनिवार राति उनीहरूलाई एक सय केजी गाँजासहित पक्राउ गरेको हो ।
गाँजासहित पक्राउ परेका उनीहरूमाथि म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही सुरु गरेको प्रहरीले जनाएको छ ।














Discussion about this post