इटहरी : इटहरीमा २५ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३४७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा १३७, बूढीगंगामा १३, सुन्दरहरैँचा र कानेपोखरीमा ३–३, रतुवामाई, कटहरी र बेलबारीमा २–२, जहदा, रङ्गेली, उर्लाबारी र ग्रामथानमा १–१ जना छन् ।
यस्तै, झापाको बिर्तामोडमा २०, दमकमा १३, कनकाईमा ९, मेचीनगरमा ५, अर्जुनधारामा ३, बुद्धशान्ति र कमल गाउँपालिकामा २–२, भद्रपुर ,कचनकवल, शिवसताक्षी र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यता, सुनसरीको इटहरीमा २५, धरानमा ७, इनरुवामा ४, रामधुनी, गढी र दुहबीमा ३–३, कोशी गाउँपालिकामा २, भोक्राहानरसिंह, हरिनगर, बर्जू र वराहक्षेत्रमा १–१ जना छन् ।
यस्तै, उदयपुरको चौदण्डीगढीमा ३ र त्रियुगामा २, ताप्लेजुङको आठराई त्रिवेणी र सिदिङ्वामा १–१, भोजपुरको भोजपुर नगरपालिकामा २, खोटाङको दिप्रुङमा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज २१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल सक्रिय संक्रमितको संख्या १ हजार ६८० रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post