जनकपुरधाम : प्रदेश २ को सोमबार बसेको बैठकबाट जनकपुरधामलाई प्रदेश राजधानीको रूपमा पारित गरिएको छ ।
प्रदेश सभाको बैठकमा उपस्थित ९९ सांसदमध्ये जनकपुर राजधानीका लागि ७८ मत खसेको थियो । १०४ सांसदमध्ये बाँकी सांसद भने उपस्थित थिएनन् ।
मतदानपछि सभामुख सरोज यादवले प्रदेश २ को राजधानी जनकपुरधाम भएको घोषणा गरेका हुन्। यससँगै लामो सदयदेखि सहमति हुन नसकेको प्रदेश २ को राजधानी टुंगो लागेको छ ।
राजधानीमा जनकपुर सबै दलको साझा प्रस्ताव रहे पनि बारा–पर्साका सबै दलका सांसदहरूले छुट्टै प्रस्तावको रुपमा वीरगन्जको नाम अघि सारेका थिए । राजधानीको मतदान प्रक्रिया टुंगिएपछि प्रदेशको नाममा मतदान हुने बताइएको छ ।
प्रदेशको नामको रुपमा मधेस, जानकी, मिथिला–भोजपुरा र मध्य मधेस प्रस्ताव गरिएको छ।












Discussion about this post