धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसबाट सङ्क्रमित बनेका एकजना वृद्ध पुरुषको मृत्यु भएको छ ।
प्रतिष्ठानका सह–प्रवक्ता चूडामणि पोखरेलका अनुसार मृत्यु हुनेमा धरान उपमहानगरपालिका १८ घर भएका ७६ वर्षीय पुरुष रहेका छन् । उनको मङ्गलबार दिउँसो ४ः५० बजेतिर मृत्यु भएको पोखरेलले जानकारी दिए । उनका अनुसार मृतकलाई पुस २८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
गम्भीर अवस्थाका उनलाई उपचारका लागि सोही दिन प्रतिष्ठानमा भर्ना गरिएको हो । उपचारकै क्रममा उनको मृत्यु भएको जानकारी प्रतिष्ठानले दिएको छ ।
मृतक पहिलेदेखि नै कलेजो र मृगौला सम्बन्धी रोगबाट पीडित रहेको पोखरेलले बताए । मृतकको शवको व्यवस्थापन नियमअनुसार हुनेछ ।














Discussion about this post