इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ नमुनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन टेष्ट गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार यही अवधिमा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post