इटहरी : इटहरीमा ७७ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ८९१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये सुनसरीको धरानमा १७६, इटहरीमा ७७, बर्जुमा ६, इनरुवा र स्थानीय तह नखुलेका ४–४, देवानगञ्ज, बराहक्षेत्र र कोशी गाउँपालिकामा ३–३, हरिनगर र रामधुनीमा २–२ जना छन् ।
यस्तै, मोरङको विराटनगरमा २४०, सुन्दरहरैँचामा १०, बूढीगंगा र स्थानीय तह नखुलेका ३–३, लेटाङ, कानेपोखरी र ग्रामथानमा २–२, धनपालथान, सुनबर्षी, कटहरी, उर्लाबारी, पथरीशनिश्चरे र रंगेलीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
उता, झापाको विर्तामोडमा १७, भद्रपुरमा १५, दमकमा ९, कनकाईमा ८, शिवसताक्षी र मेचीनगरमा ५–५, अर्जुनधारामा ४, कचनकवल र कमल गाउँपालिकामा २–२, गौरादहमा १ जना छन् ।
यस्तै, धनकुटाको धनकुटा नगरपालिकामा १०, चौवीसे, साँगुरीगढी र पाख्रीबासमा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ ।
यस्तै, इलामको इलाम नगरपालिकामा २, संखुवासभाको मकालु र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङ, पाँचथर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा थप २३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २ पुरुषको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३ हजार ७१९ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post