इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार यही अवधिमा ६४९ जना निको भएका छन् भने चारजनाको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ५७ हजार ३२८ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post