इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार ७०३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा ३ जनाको मृत्यु भएको छ भने ७६६ जना निको भएका छन् ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख ६ हजार ५९१ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६३५ पुगेको छ भने ८ लाख १९ हजार ५७५ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ जना रहेका छन् ।














Discussion about this post