इटहरी : सुनसरीसहित १२ जिल्लामा पछिल्लो २४ घण्टमा एक सय भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा सबैभन्दा बढी तीन हजार ७६२ जनामा संक्रमण देखिएको छ ।
यस्तै, ललितपुरमा एक हजार ११०, भक्तपुरमा ४३४, कास्कीमा ४००, मोरङमा २७३, सुनसरीमा २१२, कैलालीमा १७०, चितवनमा १५३, रुपन्देहीमा १४९, बाँकेमा १४८, मकवानपुरमा १४७ र काभ्रेमा १०१ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर २० हजार १८७ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा १० हजार २५४ जनाको नतिजा पोजिटिभ आएको थियो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर १६ जनाको मृत्यु पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभर ७०८ जना निको भएका मन्त्रालयले जनाएको छ ।














Discussion about this post