नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएकाृे छ ।
आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख २३ हजार ३०७ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६५५ पुगेको छ भने ८ लाख २१ हजार ६९९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ४० जना रहेका छन् । जसमध्ये ७५ हजार ३७६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६६४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये २१५६ जना आईसीयू र ४० जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका १०५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३०५ जना कोरोना संक्रमित थपिएका छन् ।
कुन जिल्लामा कति संक्रमित थपिए
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै मोरङमा २७५, कैलालीमा १७०, झापा र रुपन्देहीमा १४९र१४९ जना, काभ्रेपलाञ्चोकमा १३१, कास्कीमा ९४, सुसनरीमा ९० र नुवाकोटमा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै बाँकेमा ४८, धनुषामा ४५, सप्तरीमा ३४, सिरहा र चितवनमा २५–२५ जना, सिन्धुलीमा २४, सर्लाहीमा २३, तनहुँमा २२ तथा सिन्धुपाल्चोक र स्याङ्जामा २०–२० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।














Discussion about this post