इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ६७३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा १६१, बूढीगंगामा १६, सुन्दरहरैँचामा १३, बेलबारी र स्थानीय तह नखुलेका ८–८, पथरीशनिश्चरेमा ६, उर्लाबारीमा ५, कटहरी, रतुवामाई र कानेपोखरीमा ४–४, रंगेलीमा ३, ग्रामथानमा २, लेटाङ, धनपालथान, सुनबर्षी, केराबारी र जहदामा १–१ जना छन् ।
यस्तै, झापाको विर्तामोडमा ३०, दमकमा २३, कनकाईमा १८, अर्जुनधारामा १३, मेचीनगरमा ८, भद्रपुर र शिवसताक्षीमा ६–६, गौरादहमा ५, कमल गाउँपालिकामा ४, बुद्धशान्तिमा २, कचनकवल, बाहृदशी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यता, सुनसरीको इटहरीमा २५, इनरुवामा ७, बराहक्षेत्रमा ४, रामधुनी, बर्जु र गढीमा ३–३, धरान, दुहवी, देवानगञ्ज र भोक्राहानरसिंहमा २–२, हरिनगर, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यस्तै, धनकुटाको धनकुटा नगरपालिकामा ४, इलामको इलाम नगरपालिका, माई र रोङमा १–१, खोटाङको बराहपोखरी र दिप्रुङमा १–१, उदयपुरको त्रियुगामा २, पाँचथरको मिक्लाजुङ, तेहृथुमको मेन्छयायम र भोजपुरको भोजपुर नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ३० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा यही अवधिमा थप २१६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट २ पुरुषको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ८५४ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post