इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
यस्तै, यही अवधिमा चार जनाको मृत्यु भएको छ भने दुई हजार ५४० जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गरिएको थियो । जसमध्ये १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २२६५ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभरमा ८२ हजार ५५० संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post