इटहरी : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार मोरङको उर्लाबारी २ की ३६ वर्षीया महिलाको आज (सोमबार) दिउँसो १ बजेर २५ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको हो ।
उनका अनुसार मृतक दीर्घ रोगी थिइन् भने उनलाई कोभिडविरूद्धको खोप पनि दिइएको थिएन ।
मृतकलाई माघ ९ गते संक्रमण पुष्टि भएपछि सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानले जनाएको छ ।














Discussion about this post