इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा तीन हजार ४० जना संक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।
हाल देशभरमा ८८ हजार ९३४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post