इटहरी ः इटहरीमा ५२ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप एक हजार १६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा २४५, सुन्दरहरैँचामा १७, बेलबारीमा ८, बुढीगंगा र उर्लाबारीमा ५–५, कटहरी र स्थानीय तह नखुलेका ४–४, लेटाङ, कानेपोखरी, केराबारी, रतुवामाई र रंगेलीमा २–२, ग्रामथान, मिक्लाजुङ, जहदा र धनपालथानमा १–१ जना छन् ।
यता, सुनसरीको धरानमा ११३, इटहरीमा ५२, इनरुवामा ९, दुहवीमा ७, रामधुनीमा ६, हरिनगर, देवानगञ्ज र गढीमा ३–३, बर्जु, बराहक्षेत्र र कोशी गाउँपालिकामा २–२ र स्थानीय तह नखुलेका ५ जना छन् ।
यस्तै, झापाको बिर्तामोडमा ३१, भद्रपुरमा १९, कनकाईमा १५, अर्जुनधारामा १४, मेचीनगरमा १२, दमकमा ११, बुद्धशान्तिमा ८, शिवसताक्षीमा ६, गौरादह, कमल गाउँपालिका र स्थानीय तह नखुलेका ३–३, बाहृदशी, कचनकवल र झापा गाउँपालिकामा १–१ जना छन् ।
यस्तै, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबास, साँघुरीगढी र स्थानीय तह नखुलेका १–१ जना छन् ।
उता, तेहृथुमको म्याङलुङमा ५, लालीगुराँस र स्थानीय तह नखुलेका १–१, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका र देउमाईमा १–१, उदयपुरको त्रियुगा, रौतामाई र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारी र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका २८ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा यही अवधिमा ३२२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या ६ हजार ८२१ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post