धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको कोभिड अस्पतालमा धरान १४ का एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
प्रतिष्ठानका सह–प्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार उपचाररत २९ वर्षीय पुरुषको गएराति ८ः५५ बजेतिर मृत्यु भएको हो।
उनलाई गत माघ ३ गते संक्रमण पुष्टि भएपछि ४ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । कोभिड–१९ विरुद्धको खोप नलगाएका मृतकको शवलाई नियमानुसार व्यवस्थापन गरिने प्रतिष्ठानले जनाएको छ ।














Discussion about this post