इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी ८ हजार ४५४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ भने ४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हाल ९० हजार ६७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post