Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

‘व्यवहार मिलाउन’ भन्दै घरबाट हिँडेका व्यक्ति मोरङमा मृत फेला, यस्तो छ घटना योजनाबद्ध

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १३, २०७८
in टाकुरा विशेष, समाचार
0
‘व्यवहार मिलाउन’ भन्दै घरबाट हिँडेका व्यक्ति मोरङमा मृत फेला, यस्तो छ घटना योजनाबद्ध
227
SHARES
Share on FacebookShare on Twitter

मोरङ : मोरङमा खाल्डोमा पुरिएको अवस्थामा अर्को शव भेटिएको छ । मोरङ धनपालथान गाउँपालिका ७ कमलपुरको बस्ती नजिकको उखुबारीको खाल्डोमा शव भेटिएको हो ।

उखुबारीमा रहेका दुई खाल्डो मध्ये एउटामा बुधबार शव भेटिएको थियो भने अर्को खाल्डो बिहीबार उत्खनन गर्ने क्रममा शव भेटिएको मोरङ प्रहरीले जनाएको छ । बुधबार पुरुषको शव भेटिएको स्थान नजिकै अर्को शङ्कास्पद खाल्डो भेटिएको थियो ।

मोरङको धनपालथान ७ मा रहेको उखुबारीमा गाडेको अवस्थामा मृत भेटिएका राजेन्द्रकुमार श्रेष्ठ जग्गा कारोबारी भएको खुलेको छ ।

भक्तपुर बस्दै आएका उनी मङ्सिर ४ गते घरबाट हिँडेका थिए । तर पछिल्लो समय कारोबार बिग्रिएपछि उनी ‘व्यवहार मिलाउन’ भन्दै घरबाट हिँडेका थिए । त्यपछि उनी भक्तपुर फर्किएनन् ।

उनकी श्रीमती, २५ र २६ वर्षका दुई छोरा र ११ वर्षीया छोरी छन् ।

२५ वर्षअघि धरानमा सुन पसल सञ्चालन गरेका उनको अहिले झापामा प्लटिङ पनि छ । खाल्डो उत्खननका लागि जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसी सहितको टोली घटनास्थलतर्फ पुगेको थियो । अहिले संघीय प्रहरी इकाई कार्यालय धरानबाट तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोली पनि घटनास्थलमा पुगेको छ ।

सोही ठाउँदेखि ३० मिटर पूर्व उखुबारीमा बुधबार भेटिएको अर्का एक पुरुषको शवको पहिचान खुल्न बाँकी छ । दुवै जनालाई हत्या गरेर करिब ६ फिट गहिरो खाडल खनेर गाडेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

यस्तो छ घटना योजनाबद्ध

प्रहरी स्रोतका अनुसार अपराध भएको स्थान र शव गाडेको स्थान फरक फरक भएको बताइएको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ‘अन्य स्थानमा हत्या गरेर यहाँ खाडल खनेर गाडेको अवस्था छ ।’ ‘केही क्लु खुल्दै छ अनुसन्धान अगाडि बढिसकेको अवस्था छ ।’

बिहीबार भेटिएको श्रेष्ठको शवको घाँटीमा डोरीले बाँधेको डाम देखिएको बताइएको छ । यस्तै खाडलमा शव हालेपछि माथिबाट नुन समेत प्रयोग गरिएको कारण घटना योजनाबद्ध हुन सक्ने प्रहरीको अनुमान छ । शव बेर्न प्लास्टिकको समेत प्रयोग भएको छ । बुधबार बरामद भएको शवलाई भने बोरा भित्र हालेर गाडिएको छ ।

श्रेष्ठ भक्तपुरको लोकनथलीमा बस्ने गर्दथे । उनको आफन्त मात्र धरानमा रहेको प्रहरी स्रोतले जनाएको छ । जग्गा कारोबारी गर्ने उनी झापा जान्छु भनी ४५ दिनअघि घरबाट हिँडेको बताइएको छ । उनको धरान र भक्तपुरमा रहेका आफन्त प्रहरी सम्पर्कमा आएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags: #मोरङअपराधटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    841 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    642 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.