इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप तीन हजार ५४० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
यस्तै, संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुने र यसअघिको तथ्यांकमा छुटेका समेत गरी मृतक संख्या ३२ रहेको हो ।
माघ १३ देखि १६ गतेसम्म विभिन्न अस्पतालमा २० जना छुटेकाहरूको पनि तथ्यांकमा समावेश गरिएको मन्त्रालयले जनाएको छ ।
यही अवधिमा ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभरमा ८३ हजार ९९९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post