इटहरी : इटहरीमा २४ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ४६२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ६३, सुन्दरहरैँचामा ८, बेलबारीमा ५, लेटाङ र बुढीगंगामा ४–४, उर्लाबारीमा ३, कानेपोखरी, सुनबर्षी, पथरीशनिश्चरे र रतुवामाईमा २–२ जना छन् ।
यस्तै, झापाको दमकमा १५, कनकाईमा १०, अर्जुनधारा र भद्रपुरमा ६–६, बिर्तामोड र मेचीनगरमा ४–४, शिवसताक्षी र कमल गाउँपालिकामा ३–३, बाह्रदशीमा २, गौरादह र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यता, सुनसरीको इटहरीमा २४, भोक्राहा–नरसिंहमा ४, हरिनगरमा ३, देवानगञ्ज र रामधुनीमा २–२, दुहवी, बर्जु, बराहक्षेत्र, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
उता, उदयपुरको चौदण्डीगढीमा ३, कटारीमा १, इलामको इलाम नगरपालिका र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको सिदिङ्वा, तेहृथुमको लालिगुराँस, धनकुटाको पाख्रिबास र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा थप ६७८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । हाल प्रदेश १ मा सक्रिय संक्रमितको संख्या ६ हजार दुई सय रहेको मन्त्रालयले जनाएको छ।














Discussion about this post