इटहरी : इटहरी २ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई कोरोना विरूद्वको मोर्डना खोप लगाइएको छ ।
इटहरीमा रहेका २० वटै वडाका विभिन्न विद्यालयमा कोरोना खोप लगाउने कार्यक्रम अन्तर्गत महेन्द्र माध्यमिक विद्यालयमा पनि खोप लगाइएको हो । यहाँ अन्य विद्यालयका विद्यार्थीहरूलाई पनि मोर्डना खोप लगाइएको हो ।
राष्ट्रिय माध्यमिक विद्यालय इटहरी १, मनमोहन आधारभुत विद्यालय इटहरी १० र सरस्वती माध्यमिक विद्यालय इटहरी ३ मा पनि आज विद्यार्थीहरूलाई खोप लगाइएको छ ।
इटहरी २० मा रहेको जनसहयोग उच्च माध्यमिक विद्यालयमा भने माघ १८ गते कोरोना विरूद्वको मोर्डना खोप लगाइने भएको छ ।












Discussion about this post