विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधान अनुसार राप्रपाका चारजना नेताहरूलाई पार्टीको प्रवक्ता तोकेका छन् ।
जसमा मोरङका गोपाल दाहालसहित झापाका भक्तिप्रसाद सिटौला, गोरखाका मोहन श्रेष्ठ र पाँचथरका सगुन लावती छन् ।
प्रवक्तामा मनोनित भएका मोरङका दाहाल राप्रपा निकट विद्यार्थी संगठन राप्रविसका संस्थापक वरिष्ठ उपाध्यक्ष समेत हुन् ।
यसैगरी पार्टी अध्यक्ष लिङदेनले दुई महामन्त्री र दुई उपाध्यक्षसहित २४ पदाधिकारीको मनोनयन गरेका छन् । साथै पार्टीका विभिन्न ६ वटा विभागका प्रमुखहरूमा पनि उनले जिम्मेवारी बाँडफाँड गरेका छन् ।
पार्टीमा दुई महामन्त्री र दुई उपाध्यक्ष अध्यक्षले मनोनित गर्ने प्रावधान छ । उपाध्यक्षमा लमजुङका हेमजंग गुरुङ र सुर्खेतका मुकुन्दश्याम गिरी मनोनित भएका छन् ।
यस्तै, महामन्त्रीमा ओखलढुंगाका राजेन्द्र गुरुङ र मोरङका प्रल्हाद प्रसाद साहलाई नियुक्त गरिएको छ ।











Discussion about this post