इटहरी : प्रदेश १ मा थप २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा ५३, झापामा ३७, सुनसरीमा १८, इलाम र उदयपुरमा २–२, ताप्लेजुङ, सोलुखुम्वु, संखुवासभा, तेहृथुम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा २७, बेलबारीमा ६, पथरीशनिश्चरे, उर्लाबारी र सुन्दरहरैचामा ५–५, रतुवामाईमा २, कानेपोखरी, सुनबर्षी र ग्रामथानमा १–१ जना संक्रमित थपिएको छ भने झापाको विर्तामोडमा ८, दमकमा ७, कनकाईमा ५, मेचीनगरमा ४, अर्जुनधारा, हल्दिबारी, बुद्धशान्ति, बाहृदशी र कमल गाउँपालिकामा २, गौरीगञ्ज, भद्रपुर र झापा गाउँपालिकामा १ जनालाई संक्रमण पुष्टि भएको छ ।
सुनसरीको इटहरीमा ११, बराहक्षेत्रमा २, धरान, बर्जु, गढी, देवानगञ्ज र कोशी गाउँपालिकामा १–१, इलामको इलाम नगरपालिका र सुर्योदयमा १–१, उदयपुरको चौदण्डीगढी र त्रियुगामा १–१, ताप्लेजुङको फुङलिङ, सोलुखुम्वको सोलुदुधकुण्ड, संखुवासभाको खाँदबारी, तेहृथुमको मेन्छेयायेम र खोटाङको केपिलसगढीमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा थप ४२६ जना कोरोना संक्रमणमुक्त भएका छन् संक्रमणबाट २ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post