इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ भने ६६२ जना संक्रमणमुक्त भएका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा १८, जहदा, ग्रामथान, लेटाङ, बेलबारी र स्थानीय तह नखुलेका १–१ जना छन् भने सुनसरीको धरानमा १७, इटहरीमा ४ जना छन् ।
यस्तै, धनकुटाको धनकुटा नगरपालिकामा ४, पाख्रिबासमा १ र स्थानीय तह नखुलेका २, झापाको भद्रपुरमा ४, मेचीनगर र विर्तामोडमा १–१, उदयपुरमा २, तेहृथुममा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार ४७६ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post