इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको दमकमा ८, विर्तामोड र कनकाईमा ५–५, बाहृदशी, भद्रपुर र झापा गाउँपालिकामा ३–३, अर्जुनधारा र गौरादहमा २–२, हल्दिबारी, गौरीगञ्ज, कमल गाउँपालिका र शिवसताक्षीमा १–१ जना छन् ।
यस्तै, मोरङको विराटनगरमा १०, सुन्दरहरैँचा र पथरीशनिश्चरेमा ६–६, उर्लाबारीमा ३, ग्रामथान र रतुवामाईमा २–२, कानेपोखरी, बेलबारी र बुढीगंगा र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।
यता, सुनसरीको इटहरीमा ५, कोशी गाउँपालिकामा ३, रामधुनीमा २, इनरुवा, धरान र दुहवीमा १–१ जना छन् ।
यस्तै, इलामको माईमा २, देउमाई र चुलाचुलीमा १–१, उदयपुरको त्रियुगामा २, उदयपुरगढीमा १, धनकुटाको धनकुटा नगरपालिका, महालक्ष्मी र पाख्रीबासमा १–१, पाँचथरको तुम्मेवा र मिक्लाजुङमा १–१, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको हो ।
प्रदेश १ मा थप ६३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार ९४३ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post