इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ८४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ११, सुन्दरहैचामा ३, सुनबर्षी, बेलबारी, कटहरी, बुढीगंगा, ग्रामथान र धनपालथानमा १–१ जना छन् ।
यस्तै, सुनसरीको इटहरीमा ८, धरान र इनरुवामा ३(३, गढी, दुहबी, वराहक्षेत्र र स्थानीय तह नखुलेका १–१, झापाको भद्रपुर, बाहृदशी, हाल्दिबारी र कचनकवलमा १–१ जनामा संक्रमण देखिएको छ ।
यता, धनकुटाको धनकुटा नगरपालिकामा २ र इलामको इलाम नगरपालिकामा १ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज थप २७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार ७५५ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post