इटहरी : सुनसरीको दुहबीमा ६ लेन सडक विस्तारका क्रममा बल प्रयोग गरिएको छ । नगरपालिकाले दुहबी बजारको मुख्य भागदेखि उत्तर र दक्षिणतर्फ बल प्रयोग गरेर घर–टहरा भत्काउन थालेको हो ।
बजार क्षेत्रसँगै आसपासको जग्गा खाली गर्न दिएको अन्तिम समय शुक्रबारबाट सकिएपछि (आज) शनिबारदेखि बल प्रयोग गरेर हटाउन थालिएको हो।
नगरपालिकाले जग्गा खाली गर्न यसअघि पटकपटक आग्रह गर्दा पनि अटेर गरेपछि अन्तिम पटकलाई शुक्रबारसम्म समयसिमा तोकिएको थियो। तर, तोकिएको समयसिमा भित्र पनि घर र टहरा भत्काउन अटेर गरेपछि नगरपालिकाको अगुवाईमा भत्काउन थालिएको हो।
जग्गा खाली गर्ने क्रममा स्थानीयवासीले अवरोध गर्ने प्रयास गरेपछि वडा नं. ५ र ६ का वडा अध्यक्षले नेतृत्व गरेर प्रहरीको बाक्लो उपस्थितीमा डोजर प्रयोग गरि भत्काइएको छ।
दुहबी बजारको उत्तर–दक्षिणको केही भागमा भने १५–१५ फिट विस्तार गर्दा जग्गा पुगेको छैन। मुख्य बजार क्षेत्रमा भने सडक विस्तार नगर्ने टुंगो लागेको छ। तर, तोकिएको जग्गा अपुग भएकाले गर्दा त्यसमा पनि खाली गराइने भएको छ।
विराटनगरको रानीबाट धरानसम्मको सडकमध्ये अहिले इटहरीको तरहरादेखि धरानसम्म विस्तार भइरहेको छ।













Discussion about this post