धरान : विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी वर्गमा चर्चित नोबेल पुरस्कारका रूपमा परिचित ‘हल्ट प्राइज ‘को अन क्याम्पस कार्यक्रम यस वर्ष पनि धरानस्थित पूर्वान्चल इन्जिनियरिङ क्याम्पसमा आयोजना हुने भएको छ ।
एक सय २० भन्दा बढी देशका दसौं हजार विद्यार्थीले भाग लिने कार्यक्रम हल्ट प्राइज फाउन्डेशन र संयुक्त रास्ट्रसंघको संयुक्त रूपमा बर्सेनि आयोजना गर्दै आएका छन् ।
हल्ट प्राइज फाउन्डेसनले बर्षेनि एक शीर्षकको चुनौती दिई सोही शीर्षकमा आधारित भइ उत्कृष्ट सामाजिक व्यवसायको योजना बनाउने विद्यार्थी समूहलाई तालिमसँगै सिड फन्ड प्रदान गर्दै आइरहेको छ। विश्वभरीका विभिन्न क्याम्पसबाट आएका बिजेताहरू आफ्नो आफ्नो रिजन अनुसार रिजनल समिटमा प्रतिस्पर्धा गर्नेछ्न् ।
हरेक रिजनबाट आएका उत्कृष्ट टोली ग्लोबल एक्सिलेटर मा छानिनेछन् । अन्त्यमा, उत्कृष्ट ६ टोली ग्लोबल फाइनलमा पुग्नेछ्न् । गतवर्ष नेपालको पुल्चोक क्याम्पसका एक विद्यार्थी समूह ग्लोबल एक्सिलेटर राउन्डसम्म पुग्न सफल भएका थिए ।
ग्लोबल फाइनलमा विजयी हुने टोलीलाई १० लाख अमेरिकी डलर लगानी रकम स्वरूप पुरस्कार हात पर्नेछ । विश्वमा हालै आइपरेका समस्यामा आधारित रहेर हरेक वर्ष भिन्न शीर्षकमा चुनौती प्रदान गरिदैं आएको छ ।
यसपटकको चुनौती रोजगारीको अवसर सृजना गर्नुपर्ने रहेको क्याम्पसका हल्ट प्राइज डाइरेक्टर प्रभास गौतमले जानकारी दिए । उनका अनुसार यस वर्षको हल्ट प्राइजमा सहभागी हुन चाहने विद्यार्थीहरुले सन् २०२४ सम्ममा दुई हजार जनालाई रोजगार दिन सक्ने बिजनेस प्लान बनाएर कुनै अन क्याम्पसमा टिम रजिष्टर गर्नुपर्ने छ ।
विद्यार्थीहरूले ३ वा ४ जनाको समूह बनाएर “Hult prize at IOE Purwanchal Campus” को फेसबुक पेज अथवा website (https://oncampus.hultprize.org/instituteofengineeringpurwanchalcampus) मा गइ आफ्नो टिम रजिष्टर गर्न सक्नेछ्न् ।
Discussion about this post