इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १२८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ९, उर्लाबारीमा ४, बेलबारी र सुन्दरहरैँचामा २–२, रंगेली, रतुवामाई, बूढीगंगा र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यस्तै, झापाको दमक र शिवसताक्षीमा ४–४, विर्तामोड र गौरादहमा ३–३, हल्दिबारी र कनकाईमा १–१ जना छन् ।
यता, सुनसरीको इटहरीमा ६, धरानमा ३, इनरुवा र भोक्राहानरसिंहमा १–१ जनालाई संक्रमण पुष्टि भएको छ भने तेहृथुमको फेदाप र आठराईमा १–१, पाँचथरको फाल्गुनन्द र फिदिममा १–१ , खोटाङको ऐसेलुखर्क, उदयपुरको कटारी र संखुवासभाको मकालुमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा थप ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा २ महिलाको मृत्यु भएको छ । हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार ४५५ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post