नेपालमा थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ६०० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १८ हजार २५१ संक्रिय संक्रमित छन् ।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख १२ हजार ५३७ पुगेको छ । यस्तै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९०५ पुगेको छ भने ९ लाख ४४ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै १० वर्ष मुनिका १८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३३ जना कोरोना संक्रमित थपिएका छन् ।














Discussion about this post