इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ९६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ४, सुन्दरहरैँचामा ३, पथरीशनिश्चरे, उर्लाबारी, सुनबर्षी, कानेपोखरी र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यस्तै, सुनसरीको धरानमा ४, इटहरी, दुहवी, देवानगञ्ज, रामधुनी र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यस्तै, झापाको भद्रपुरमा २, शिवसताक्षी र बाहृदशीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, भोजपुरको भोजपुर नगरपालिका, तेहृथुमको आठराई र पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा थप १४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार ३०२ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post