इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार १७० जनाको पीसीआर परीक्षण गर्दा ८ जना र ३५१ जनाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएको हो ।
यस्तै, प्रदेश १ मा थप १०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार ११५ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post