इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार ३७० जनाको पीसीआर परीक्षण गर्दा ४० र ३४७ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको हो ।
प्रदेश १ मा थप ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार १३ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post