धरान : धरानस्थित आँपगाछी क्षेत्रमा फेला परेको शव झापाका दिनेश सिग्देलको रहेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार गत फागुन ४ गते धरानमा फेला परेको शवको पहिचान झापाको दमक नगरपालिका ५ का ४३ वर्षीय सिग्देलको भएको खुलेको हो ।
एसपी थापाका अनुसार दुई जना व्यक्ति पक्राउ समेत परेका छन् । प्रहरीले आज साँझ पत्रकार सम्मेलन गरी घटना विस्तृत जानकारी दिने तयारी गरेको छ ।
गएको बुधबार र बिहीबार धरान ४ को आपगाँछी क्षेत्र जंगलमा २ वटा झोलामा पुरुषको शरीरको विभिन्न भागहरु काटेर फालेको अवस्थामा भेटिएको थियो ।
घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान, संघीय प्रहरी इकाई कार्यालय धरान र १ नं. प्रदेश प्रहरीको (आरआइटी) समूह परिचालित रहेको एसपी थापाले जानकारी दिए ।













Discussion about this post