Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

धरानमा भएको बीभत्स हत्याका अभियुक्त प्रहरीद्वारा सार्वजनिक

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १०, २०७८
in टाकुरा विशेष, समाचार
0
धरानमा भएको बीभत्स हत्याका अभियुक्त प्रहरीद्वारा सार्वजनिक

घटनामा संग्लग्नलाई सार्वजनिक गर्दै प्रहरी ।

1.9k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : गत फागुन ४ र ५ गते धरानस्थित आँपगाछी क्षेत्रको जंगलमा जेब्रा झोलाभित्र फेला परेको शवको पहिचान खुलेको छ । पहिचान खुलेसँगै हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी मंगलबार साँझ सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाका अनुसार धरान–भेडेटार सडकखण्डमा पर्ने आँपगाछी क्षेत्रमा दुई दिनमा बीभत्स अवस्थामा जेब्रा झोलाभित्र फेला परेको शव इलाम बाँझो १ घर भएका ४३ वर्षीय दिनेश सिग्देलको रहेको खुलेको छ ।

शवको सनाखत भएसँगै मृतक सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र २९ वर्षीय सरोज भण्डारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

सुनसरीको बराहक्षेत्र १० प्रकाशपुर घर भए स्थायी इलाम घर भएपनि हाल विराटनगर बस्दै आएकी अनिता केसी र विराटनगर ४ घर भएका सरोज भण्डारीलाई प्रहरीले सार्वजनिक गरेको हो ।

घटना विवरणअनुसार शवको टुक्रा पारिएको शरीरको अंगमध्ये पेन्टको गोजीमा च्यापिएको बहराइनस्थित कम्पनीको सेक्युरिटी गार्डले लगाउने फेसमास्कबाट सिग्देलको पहिचान भएको हो ।

प्रहरीले उक्त मास्क फेला पारेपछि मास्कमा बहराइनको कम्पनीको नाम र लोगोको आधारमा बहराइनमा मृतक सिग्देलको अनुहारको स्केचसहित सम्पर्क गर्न पुगेको थियो । सोही सम्पर्कको आधारमा उनीसँगै काम गरेका साथीहरुले सिग्देलको पहिचान भएको हो ।

पक्राउ परेकामाथि कर्तब्य ज्यान मुद्वामा आजै म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक सिग्देल भने पुस २० गते १५ दिनको बिदा मागेर बहराइनबाट सोही दिन नेपाल आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पुष २० गते नेपाल आएपनि २१ गतेमात्रै श्रीमती अनितासँग विराटनगरको एक होटलमा बसेको र २२ गते बेलुका अनिताका प्रेमी सरोज भण्डारीलाई बोलाएर हत्या गरेको खुलेको छ ।

‘दिनेश रक्सी धेरै पिउने भएकाले झगडा सुरु भएछ,’ एसपी थापाले भने, ‘पुष २२ गते राति विराटनगरकै एक होटलमा हत्या भएछ ।’

२२ गते राति हत्या भएपछि उनीहरूले भोलिपल्ट बजारबाट जेब्रा झोला किनेर ल्याएको र खुकुरीले शवलाई टुक्रा–टुक्रा पारेर झोलामा हालेपछि टेम्पोमा धरान आएको प्रहरीको अनुसन्धानबाट खुलेको एसपी थापाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार अनिता र सरोजले ‘ग्राण्ड डिजाइन’ नै बनाएर उनको हत्यापश्चात जेब्रा झोलामा शव पोको पारेर धरानको जंगलमा फालेको खुलेको छ । त्यसदिन शव फालेपछि उनीहरू भेडेटार गएर बसेको र भोलिपल्ट विराटनगर झरेको अनुसन्धानबाट खुलेको एसपी थापाले बताए ।

घटनाबारे विस्तृत अनुसन्धान गर्ने क्रममा प्रहरीले सोमबार (हिजो) राति विराटनगरमै ‘सर्च’ गर्ने क्रममा पक्राउ गरेको र आज मंगलबार सार्वजनिक गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवरले बताए ।

सिटि चालक पेशा गर्दै आएका सरोज भण्डारीको विवाह भइ १ छोरी रहेको प्रहरीले जनाएको छ । मृतक लामो समयदेखि बहराइनमा बस्ने र आउने जाने गरेको कारण उनका कान्छी श्रीमती अनिता केसी सरोज भण्डारी बीच करीब ६ महिना अघिदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ ।

पक्राउ परेका दुवैजनामाथि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान, संघीय प्रहरी इकाई कार्यालय धरान र १ नं. प्रदेश प्रहरीको (आरआइटी) समूह परिचालित रहेका थिए ।

यो पढ्नुहोस् – प्रेमीसँग मिलेर श्रीमानको हत्यापछि खुकुरीले टुक्रा–टुक्रा पारेर यसरी फालियो धरानको जंगलमा शव

Tags: #धरान#पक्राउ#हत्याअपराधटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    841 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    642 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.