इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार ३६७ जनाको पीसीआर परीक्षण गर्दा २१ र ३९६ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको हो ।
पीसीआर परीक्षणका आधारमा झापामा ८, सुनसरीमा ४, मोरङमा ३, इलाममा २, धनकुटा, भोजपुर, खोटाङ र पाँचथरमा १–१ जनामा संक्रमण देखिएको हो ।
प्रदेश १ मा यही अवधिमा ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या ८८९ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post