इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार ३३४ जनाको पीसीआर परीक्षण गर्दा ३३ र २३७ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रदेश १ मा थप ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या ८७४ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post