इटहरी : इलाका प्रहरी कार्यालय इटहरीलाई बिद्युतीय अटो हस्तान्तरण गरिएको छ ।
इटहरी ६ मा रहेको अटो सिटी बजाज सोरुमले इलाका प्रहरी कार्यालय इटहरीलाई शुक्रबार (आज) एक कार्यक्रमकाबीच बिद्युतीय अटो हस्तान्तरण गरेको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरुप सोरुमका प्रवन्धक प्रदीप सन्थालियाले ९ सिट क्षमता भएको १ थान बिद्युतीय अटो १ नम्वर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) अरुण कुमार बीसीलाई हस्तान्तरण गरे ।
उक्त इलेक्ट्रोनिक अटो इलाका प्रहरी कार्यलय इटहरीले प्रहरी गस्ती पेट्रोलिङ बढाई अपराधिक गतिविधि निस्तेज पारी समाजमा शान्ति सुरक्षा कायम राख्नको निमित्त प्रयोग गर्ने बताइएको छ ।
कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक संजयसिंह थापा, १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक बासुदेव खतिवडा, बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, नागरिक समाज तथा स्थानीय समेतको उपस्थिति थियो ।
Discussion about this post