इटहरी : झापाको दमकमा दुर्घटनामा परी सुनसरीका एक पुरुषको मृत्यु भएको छ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार शुक्रबार राति साढे नौ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तरगत ताराबारीमा हावा भर्दै गरेको ना ३ ख ६९७१ नम्बरको ट्रकमा मोटरसाइकल ठोक्किदा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा सुनसरी भोक्राहा गाउँपालिका ४ बस्ने ३२ वर्षीय हमिदमियाँ अन्सारी रहेका छन् । ट्रकमा मोटरसाइकल ठोकिना साथ आगलागी भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल जलेका कारण नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।














Discussion about this post