इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
२७८ जनाको पीसीआर परीक्षण गर्दा १८ र १९५ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ७७८ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post