विराटनगर : विराटनगर महानगरपालिका १५ बाट लागूऔषध ब्राउनसुगरसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा त्रिपुरासुन्दरी गाउँपालिका ९ सिन्धुपाल्वोकका ३८ वर्षीय सन्दीप खडका, स्वयम्भु नगरपालिका १५ काठमाण्डौँका २३ वर्षीय हिमाल नेपाल र देउराली गाउँपालिका ५ रामेछापका ३४ वर्षीय कृष्णबहादुर मगर रहेका छन् ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको गस्ती टोलीले उनीहरूमाथि शंका लागेर चेकजाँच गर्ने क्रममा ब्राउनसुगर १.६ ग्राम, नगद
एक लाख ५ हजार रुपैँया बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनामाथि इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post