इटहरी : नेपाल इन्जिनियर्स एशोसिएसन प्रदेश १ मा नयाँ नेतृत्व चयन भएको छ । निर्वाचनमा प्रदेश नं. १ मा लोकतान्त्रिक समूहले बहुमत प्राप्त गरेको छ ।
सभापतिमा जयनाथ यादव, सचिवमा महेश धिताल, सह–सचिवमा सरोज भट्टराई विजयी भएका छन् ।
यस्तै, सदस्यहरूमा प्रदीप पराजुली, सुवासकुमार कर्ण, अविनाष ठाकुर, भेषराज घिमिरे, सुवर्ण बस्नेत, धर्मेनकुमार चौधरी, सुधीर यादव, र सचिन मण्डल विजयी भए ।
यस्तै, प्रदेश १ बाट केन्द्रीय सदस्यमा रोशन सुवेदी विजयी भएका छन् ।
यस्तै, बृहत प्रगतिशील इन्जिनियरिङ गठबन्धनका तर्फबाट उपसभापतिमा सुरेशकुमार श्रेष्ठ र कोषाध्यक्षमा विभास मिश्र विजयी भएका छन् । सोही समूहबाट सदस्यमा दीपा गौतम र मनिषा कार्की विजयी भएका छन् ।
नयाँ नेतृत्वले इन्जिनियरहरूको हक हितका लागि काम गर्ने नवनिर्वाचित सचिव महेश धितालले बताए ।












Discussion about this post