विराटनगर : भोजपुरका २१ वर्षीय युवकले आत्महत्याको प्रयास गर्दा पेटीको ‘बक्कल’ र घाँटीमा लगाएको सिक्री निलेका छन् ।
युवकले आत्महत्याको प्रयास गर्दा बक्कल र सिक्री निलेका हुन् ।
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालेको छ । भोजपुर नगरपालिका १२ टक्सारका २१ बर्षीय युवाको पेटबाट कम्मरमा बाध्ने पेटीको बक्कल र घाँटीमा लगाउँने फलामको सिक्री निकालिएको हो ।
पारिवारिक स्रोतका अनुसार ती युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैँले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको सिक्री निलेका थिए । घटनापछि उपचारका लागि नोबेल ल्याइएका ती युवाको पेटबाट दुवै सामान निकालिएको हो ।
बिनाचिरफार इण्डोस्कोपिक विधिमार्फत पेटमा भएको बक्कल मुखबाट निकालिएको नोबेलका बिशेषज्ञ शल्यचिकित्सक डा. ध्रुव नारायण शाहले जानकारी दिए ।
डा.शाहका अनुसार ती युवाको पेटको खाना नलीमा बक्कल अड्किएको थियो भने आमाशयमा सिक्री थियो । मुखबाट इण्डोस्कोप छिराएर मुखबाटै बक्कल निकालिएको हो । आमाशयमा रहेको सिक्री भने दिशाको माध्यमबाट निस्किएको हो ।
पेटको शल्यक्रिया तथा क्यान्सर सम्बन्धि चिकित्सक डा.शाह, डा.मोहन खड्कासहितको टोलीले बक्कल निकालेर बिरामीलाई जोखिममुक्त बनाएको हो ।
स्वास्थ्य अवस्था सामान्य बनेपछि उनलाई डिस्चार्ज गरिएको नोबेल अस्पतालले जनाएको छ ।














Discussion about this post