इटहरी : अधिकारी वंश प्रतिष्ठानको पहिलो केन्द्रीय समितिको बैठक झापामा सम्पन्न भएको छ ।
बुटवलमा सम्पन्न छैटौं केन्द्रीय अधिवेशनबाट निर्वाचित समितिको कन्काइ नगरपालिका ४ मा अवस्थित केन्द्रीय कार्यालयमा सम्पन्न बैठकले ८ जना केन्द्रीय सदस्य मनोनीत गरेको छ ।
मनोनीत हुनेमा सुनसरीबाट इटहरी निवासी पवन अधिकारी, मोरङबाट तुलसी नारायण अधिकारी छन् ।
यस्तै, तनहु जिल्लाबाट टुकराज अधिकारी, लम्जुङबाट नवराज अधिकारी, गोरखाबाट मीना अधिकारी, प्युठानबाट सांसद समेत रहेका नारायणप्रसाद अधिकारी,अछामबाट ताराप्रसाद अधिकारी, नवलपरासीबाट डिकबहादुर अधिकारी छन् ।
केन्द्रीय अध्यक्ष नरेन्द्र अधिकारीका अनुसार बैठकले ५२ सदस्यीय सल्लाहकार समिति समेत बनाइएको छ ।
नेपालमा हाल २२ लाख हाराहारीमा अधिकारी वंश रहेको अनुमान गरिएको उनले बताए ।














Discussion about this post