इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७९८ जनाको पीसीआर परीक्षण गर्दा २८ जना र १ हजार २६३ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जना गरी ३७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप ३८२ जना कोरोना संक्रमणबाट निको भएका छन् भने मृत्यु संख्या शून्य छ । हाल देशभर ३ हजार २४१ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post