धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सामाजिक स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।
बीमित बिरामीको उपचारबापत प्रतिष्ठानबाट खर्च भएको करिब २४ करोड रुपैँया स्वाथ्य बीमा बोर्डले नदिएपछि चैत १५ गतेदेखि बीमा कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो ।
प्रतिष्ठानले सुनसरीसहित पूर्वका विभिन्न जिल्लाबाट सिफारिस भएर आएका दैनिक १२ सय जनाभन्दा बढी बीमित बिरामीको उपचार सेवा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपचार गर्दै आएको छ ।
तर, बोर्डले रकम नपठाइदिएपछि प्रतिष्ठानले बुधबारसार्वजनिक सूचना जारी गर्दै ओपिडी, आकस्मिक तथा अन्तरंग सेवाअन्तर्गत दिने सम्पूर्ण सेवाहरु स्थगित गर्ने निर्णय गरेको हो ।














Discussion about this post