इटहरी : एलआइसी नेपाल इन्स्योरेन्स इटहरी शाखाले एक करोड ६ लाख ७० हजार बीमा दाबी भुक्तानी गरेको छ ।
इटहरी शाखा प्रबन्धक गुन्जेशप्रसाद ठाकुरले इटहरी ५ कि हेमा चौहानलाई बीमा दाबी भुक्तानी गरेका हुन् ।
शाखा प्रबन्धक ठाकुरका अनुसार अम्बरबहादुर राउतले प्रथम बीमा शुल्क पाँच लाख ३८ हजार तिरेर १ करोडको २० वर्षे बीमा गरेका थिए । उनले २०७७ असोज ११ गते बीमा गरेका थिए ।
राउतको २०७८ साल असार १८ गते मृत्यु भएपछि उनकी श्रीमती चौहानलाई मृत्यु दाबी बापत एक करोड ६ लाख ७० हजारको चेक हस्तान्तरण गरिएको हो ।
Discussion about this post