इटहरी : इटहरीमा शंकास्पद झोलाभित्र बम भनेर आशंका गरिएपछि नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गर्दा सख्खर फेला परेको छ ।
इटहरी २ हलगडामा आज (सोमबार) बेवारिसे झोलामा बम भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्दा सख्खर फेला परेको हो ।
आज दिउँसो १२.३० मा स्थानीयले सडक सडक किनारमा रहेको जानकारी गराएपछि इलाका प्रहरी कार्यालय इटहरीले सेनालाई झोलाको बिषयमा जानकारी गराएको थियो ।
केहीबेरअगाडि नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।
प्लाष्टिकको झोलाभित्र कपडा जस्तो देखिएपछि बम रहेको आशंका गरिएको थियो । आसन्न निर्वाचनलाई केन्द्रित गर्दै त्रसित बनाउन सो झोला राखिएकाले थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
गत १४ गते इटहरी २ नवजागृति टोलमा बम बिस्फोटमा संलग्न चारजनालाई यसअघि प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।














Discussion about this post