इटहरी : इन्जिनियरहरूको छाता संस्था नेपाल इन्जिनियर एसोसिएसन प्रदेश १ का निर्वाचित पदाधिकारीहरूले पदस्थापन गरेका छन् ।
गत फागुन २७ गते भएको निर्वाचनका पदाधिकारीहरूलाई शनिबार (आज) लायन्स क्लब अफ विराटनगरको भवनमा पदस्थापन गराइएको हो ।
अध्यक्ष पदमा लोकतान्त्रिक इन्जिनियरहरूको संस्था सिडेनका उम्मेदवार इ. जयनाथ यादव विजयी भएका थिए ।
यस्तै, उपाध्यक्षमा सुरेश श्रेष्ठ, सचिवमा महेश धिताल, उपसचिवमा सरोज भट्टराई र कोषाध्यक्षमा विभाष मिश्र निर्वाचित भएका थिए ।
यस्तै, सदस्यहरूमा धर्मेन चौधरी, अभिनाष ठाकुर, भेषराज घिमिरे, प्रदीप पराजुली, सुधीर यादव, सुभाष कुमार कर्ण, दीपा गौतम, मनिषा कार्की, सचिन मण्डल र सुवर्ण बस्नेत निर्वाचित भएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष यादवले नयाँ कमिटिले प्रदेश १ मा विभिन्न स्थानमा रहेका इन्जिनियरहरूको हक हितका लागि विभिन्न अवधारणा ल्याएर काम गर्ने बताए ।













Discussion about this post